गृहपृष्ठ सालु देउराली साँघुटारसम्म जोडने सडक कालोपत्रे हुने

सालु देउराली साँघुटारसम्म जोडने सडक कालोपत्रे हुने

ramechap manthali sanghutar road-candles khabar

रामेछाप जिल्लाको सेलेघाट–सालु देउराली हुँदै साँघुटारसम्म जोडने सडक कालोपत्रे हुने भएको छ ।

सडक विभागले सडक निर्माणको लागि भारतीय निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरेको हो । झण्डै पचास किलोमिटर सडक निर्माण गर्न विभागले १ अर्ब ६४ करोडमा ठेक्का सम्झौता गरेको छ । सडकको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर)मा २ अर्ब ६ करोड लागत लाग्ने उल्लेख गरिए पनि ग्लोबल टेन्डरमा घटाघट हुँदा १ अर्ब ६४ करोडमा ठेक्का सम्झौता गरिएको सडक विभागले बताएको छ ।

उक्त सडकले रामेछापको मन्थली नगरपालिकाको वडा नम्बर ४ र ६ हुँदै रामेछाप नगरपालिकाको २, ३, ७, ८ र ९ नम्बर वडा हुँदै साँघुटार जोडिनेछ । रामेछाप जिल्लाभित्र निर्माणाधिन मध्ये यो सडक ठूलो आयोजना हो । गत बर्ष नै ठेक्का आह्वान भएपनि केही प्राविधिक कारणले सम्झौता गर्न ढिलाई भएको थियो । नाला सहित सात मिटर चौडाई रहने सडक आगामी दुई बर्षभित्र सम्पन्न सम्झौतामा उल्लेख गरिएको छ ।
रामेछापका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठले निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार सेलेघाट–साँघुटार सडकको कालोपत्रेको काम अगाडि बढन लागेको बताएका हुन्।

प्रकाशित समय १४:३९ बजे

प्रतिक्रिया दिनुहोस्