Gopal Dahal

गृहपृष्ठ ‘शताब्दी पुरुष’ सत्यमोहन जोशी १०२ वर्षमा प्रवेश

‘शताब्दी पुरुष’ सत्यमोहन जोशी १०२ वर्षमा प्रवेश

वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी आज १०२ वर्षमा प्रवेश गरेका छन् ।

विसं १९७७ बैशाख ३० गते ललितपुरको बखुम्बहालमा जोशीको जन्म भएको हो । संस्कृतिविद् जोशी १०२ वर्षको उमेरमा पनि उत्तिकै सक्रिय छन् । साहित्य लेखनसँगै संस्कृति र परम्पराका बारेमा उनले कलम चलाउँदै आएका छन् ।

उनी लोक संस्कृति र इतिहासको पुस्तकालय नै हुन् । तीन पटक मदन पुरस्कार विजेता जोशीका प्रबन्ध तथा अनुसन्धानात्मक कृति प्रकाशित छन् ।

जोशीलाई २०१३ सालमा ‘नेपाली लोक संस्कृति’, २०१७ मा ‘नेपाली राष्ट्रिय मुद्रा’ तथा २०२८ मा ‘कर्णाली लोक संस्कृति’ पुस्तकका लागि मदन पुरस्कार प्रदान गरिएको थियो ।

उनले ५० भन्दा बढी पुस्तक लेखेका छन् । नेपाल राष्ट्र बैंकले गत वर्ष भदौमा संस्कृतिविद् जोशीको तस्बिर अंकित एक सय, एक हजार र दुई हजार पाँच सय दरका सिक्का समेत सार्वजनिक गरेको छ ।

प्रकाशित समय ०९:१३ बजे

प्रतिक्रिया दिनुहोस्

Gopal Dahal