गृहपृष्ठ नेताको नाटक

नेताको नाटक

नेताको नाटक

वानेश्वरको त्यो घर
जहाँ पहिला नाटक देखाइन्थ्यो
आज त्यो घर त छ,
तर सुनसान छ ।
नाटककारहरू बेघर भएकाछन्
त्यसैले त अहिले
कहिले कता कहिले कता
दिनदिनै नाटक देखाउछन् ।
उनीहरूको नि समुह समुह छ
सधैं कसै न कसैले नाटक देखाइरहन्छन्
बडो मजाले एक–अर्काको व्यंग्य गर्छन
रमिता देखाउछन्,
अनेकौं लोभ देखाई मान्छे बटुल्छन्
अनि नाटक देखाउछन् ।

जनताको नाटक

नाटक देखाउने तरिका फेरिएछ
कहिले बन्द गरि त कहिले सभा
बन्द गरेर नि नाटक देखाइन्छ
गरी खानेको ट्याक्सि जलाइन्छ,
तोडफोड गरिन्छ
कसै माथि तातो तेल खनाइन्छ
नाटक हेरेर हामी पनि खुबै रमाउँछौं
नाटक हेर्ननै कामकाज छाड्छौं
राजधानी धाउँछौ
नाटक हेरी तालि पिट्छौं
गलल हास्छौ, रमाउँछौ
अरूले नाटक नदेखाउला भनि
आतिन्छौ र,
सधैं इनैलाई छान्छौ।

प्रकाशित समय २२:०४ बजे

प्रतिक्रिया दिनुहोस्