गजल

विदेशमा कति पिडा हुन्छ भनि नसोध न है साथी
तातो हावा र गर्मिले मर्ने बेला हुन्छ ए साथी ।।

स्वर्ग जस्तो ठाउँ छाडि कसलाई आउन रहर थियो र यहाँ
रोजगारी पाएको भए दुखःसुख गरि बस्थे आफ्नै गाउँ(ठाउँमा ।।

बुढो भाको आमाबुबालाई खुसी पारि राख्न छ
त्यसैले त यहाँ ओभरटाईम काम गर्नुपरेछ ।।

हरेक दिन आमाबुबाको याद आउछ ए साथी
जसोतसो आफ्नो चित्त बुझाउनुपरेछ ए साथी ।।

छैन मलाई रहर महङ्गा गाडी किन्न र महल ठडयाउन
आफ्नै गाउँको झुपडिमा छ मलाई संगै बसि रमाउन ।।

प्रकाशित समय २३:४९ बजे

प्रतिक्रिया दिनुहोस्