गृहपृष्ठ “साकेला साहित्य महोत्सव २०७७” शनिबारबाट काठमाडौंमा सुरु

“साकेला साहित्य महोत्सव २०७७” शनिबारबाट काठमाडौंमा सुरु

किरात समुदायको महान चाड उधौलीको अवसरमा किरात राई लेखक संघको आयोजनामा “साकेला साहित्य महोत्सव २०७७” शनिबारबाट काठमाडौंमा सुरु भएको छ ।

आइतबारसम्म चल्ने महोत्सवमा उधौलीमा सम्पन्न हुने महोत्सवमा साकेला कविता प्रतियोगिता गरिएको छ । महोत्सवको पहिलो दिन वरिष्ठ कवि तथा गीतकार भूपाल राईले ‘किरात प्राज्ञिक सत्ता निर्माण’ विषयमा विचार प्रस्तुत गरिएको छ भने किरात राई लेखक संघका पूर्वअध्यक्ष प्रकाश राईले पनि पहिलो दिननै ‘जनगणनामा जनसंख्याको राजनीति’ बिषयमा धारणा राख्नुभएको छ ।

महोत्सवको दोस्रो दिन, मुन्धुम अध्येता भोगिराज चाम्लिङले ‘साकेलाको गरिमा’ विषयमा गहन विश्लेषण गर्ने कार्यक्रम छ । दोस्रो दिन साकेला कविता प्रतियोगिताको नतिजासहित महोत्सव समापन हुनेछ ।

संघका अध्यक्ष खुक्सङ खम्बुले यो पल्टको महोत्सवमा मौलिकता दिने बताउनुभयो ।

साकेलालाई लेखनको माध्यमले थप माथी उठाउनको निम्ति साकेला साहित्य महोत्सवको आयोजना गरिएको उहाले बताउनुभयो ।

प्रकाशित समय २१:३४ बजे

प्रतिक्रिया दिनुहोस्