गृहपृष्ठ यस संसारमा

यस संसारमा

हरियालीले भरिपूर्ण पहाडमा एकजना साधु बस्थे । उनको आत्मा पवित्र र मन निर्मल थियो । त्यस क्षेत्रका सबै पशुपक्षी साधुको छेउमा आउँथे, उनलाई घेरेर बस्थे र आनन्दपूर्वक उनका उपदेश सुन्थे । रात छिप्पिँदै जाँदा पनि जाने नाम लिदैनथे । साधुले आशीर्वाद दिएर जाने आज्ञा दिएपछि मात्र जान्थे ।

एक साँझ साधुले दाम्पत्य जीवनमा प्रेमको बारेमा उपदेश दिइरहेका थिए । एउटा चितुवाले उनलाई सोध्यो– ‘तपाईँ हामीलाई प्रेमको विषयमा उपदेश दिइरहनुभएको छ । तपाईँको श्रीमतीचाहिँ कहाँ हुनुहुन्छ रु’

साधुले भने– ‘कहीँ छैनन् । मैले विवाह नै गरेको छैन र मेरी प्रेयसी पनि छैनन् ।’

यो सुनेर पशु पक्षीको बथानमा आश्चर्यले भरिएको स्वर गुञ्जियो । उनीहरू आपसमा कुरा गर्न थाले – ‘यी साधुले हामीलाई प्रेम र दाम्पत्यका बारेमा कसरी ज्ञान दिन सक्छन्, जब कि उनी नै यस विषयबारे केही जान्दा रैनछन् ।’

साधुलाई अवज्ञा गरे जसरी सबै पशुपक्षी त्यहाँबाट आआफ्ना बाटो लागे ।

प्रकाशित समय २२:२४ बजे

प्रतिक्रिया दिनुहोस्