गृहपृष्ठ ‘ओलीविरुद्ध आन्दोलन गर्दा शक्ति केन्द्रले ज्ञानेन्द्र ल्याइदिन सक्छ’

‘ओलीविरुद्ध आन्दोलन गर्दा शक्ति केन्द्रले ज्ञानेन्द्र ल्याइदिन सक्छ’

काँग्रेसद्वारा गठित परराष्ट्र मन्त्रालयल समन्वय समितिका संयोजकसमेत रहेका वैदेशिक मामिलाका अध्येता तथा पूर्वमन्त्री डा. नारायण खड्काले प्रधानमन्त्री ओली एक्लैले यो कदम नउठाएको बताएका छन् ।

खड्कासँग संसद् विघटनको पछाडिको बाह्य चलखेल, अब मुलुकमाथि देखिएको चुनौती र त्यसको सामना गर्दा ध्यान दिनुपर्ने पाटोको विषयमा कुराकानी गरको छौँ ।

प्रस्तुत छ खड्कासँग गरिएको कुराकानीको सम्पादित अंश :

भारतसँग सम्बन्ध खलबलिने र चीनसँगको घनिष्टता बढ्दै गएको देखिन्थ्यो । चीन कार्ड प्रयोग गरेर हामीलाई कमजोर बनाउने रणनीति भयो भन्ने सोच भारतको भयो । तर भारतले पहिला ओलीलाई आफ्नै मित्र भन्ठानेका थिए । भारतसँग ओलीजीको राम्रै सम्बन्ध थियो । भारतका विश्वास पात्र थिए । तर पछि चीनसँग बढी घनिष्ट हुँदा उनीहरुलाई लाग्यो यो सम्बन्ध यसरी भइराख्यो भने हाम्रो इन्ट्रेस्ट धक्का पुग्न सक्छ ।

प्रधानमन्त्री केपी शर्मा ओली संसद् विघटनको तहसम्म पुगेको परिघटनालाई कसरी नियाल्नुभएको छ ?

–यो उहाँको आफ्नो मात्र निर्णय नहोला । किनभन्दा यो निकै ठूलो निर्णय हो । दुरगामी असर पर्ने खालको निर्णय हो । यसको व्यवस्थापन राम्रो भएन भने संविधान पनि जान्छ । लोकतन्त्र खतरामा पर्न सक्छ र भोलि नेपालमा अर्को खालको अवस्था आउन सक्छ । त्यस कारण आधारभूत केही कुराको मूल्याङ्कन प्रधानमन्त्री ओलीजीले नगरेको हैन होला । अहिले हामी जुन अवस्थामा छौँ दक्षिण एसियामा बदलिँदो परिवेश र खासगरी अमेरिका र चीनको रणनीति टकरावको अवस्था छ । एक डेढ महिनाअगाडि अमेरिकका परराष्ट्रमन्त्री भारत आएर टु पलस टु डाइलग गरे । खासगरी सामरिक सूचना आदान प्रदानका साथै रणनीतिक समझदारी गरेका थिए ।

उनीहरुले इन्डोप्यासिफिकदेखि लिएर चीनको नीतिसम्म उनीहरुले मूल्याङ्कन गरे । त्यसको पनि नेपालमा केही प्रभाव परेको देखिन्छ । यद्यपि अमेरिकी विदेशमन्त्री नेपालमा त आएनन् । तर श्रीलङ्का, माल्दिभ्स, इन्डोनेसिया गए । अहिले यो होल बेल्डमा अमेरिका र भारतबीच रणनीतिक साझेदार र सहकार्य बढ्दो छ । त्यसको उद्देश्य ती क्षेत्रमा चीनलाई एक प्रकारले रोक्नु पनि हो । यता नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओलीजीको असन्तुलित खालको विदेश नीतिले पनि यो तहसम्म पु¥याएको म देख्छु । स्मरण गराउन चाहन्छु– दुई वर्षअघि सदनमा बैल्ने क्रममा प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली एकै ठाउँमा आएर बसे । अनि मैले भने संयोगवश प्रधानमन्त्रीजी पनि आउनुभएको रहेछ । हाम्रा प्रधानमन्त्रीले दुई तिहाइ छ भनेर बारम्बार स्थिरता र स्थायित्वको घमण्ड गर्नुहुन्छ । पटक(पटक यी कुरा आएका छन् ।

पटक-पटक यो डकुमेन्ट आएको छ । तर सभामुख महोदय उहाँलाई यो निवेदन गर्न चाहन्छु– दुई तिहाइ त के तीन चौथाइ भए पनि नेपालको सन्दर्भमा टिक्दैन । जब अन्तरपार्टी र आन्तरिक पार्टी राजनीतिक सन्तुलन बिग्रिन्छ, विदेश नीतिमा असन्तुलन आउँछ, जब आर्थिक विशृङ्खलता आउँछ, जब धार्मिक सांस्कृतिक उतारचढाव हुन्छ र जब ठूलो प्राकृतिक प्रकोप आउँछ यो दुई तिहाइ त के तीन चौथाइ पनि जान्छ । बीपीको पनि दुई तिहाइ थियो । उहाँको टावर पर्सनालिटी थियो र त गयो । तपाईंले सन्तुलन कायम गर्न जान्नु भएन भने जान्छ । अहिले सन्तुलन खलबलिरहेको छ भनेर मैले त्यो बेला भनेको थिए ।

अमेरिकाले नेपाललाई हेर्ने दृष्टिकोणमा ‘ल इन्डिया तिम्रो आफ्नो बढी इन्ट्रेस्टको एरिया भएकाले यसको व्यवस्थापन तिमी गर’ भनेर समझदारी गरेको हुनसक्छ । किनभन्दा अमेरिकाको परराष्ट्रमन्त्री श्रीलङ्का जाने, इन्डोनेसिया जाने, माल्दिभ्स जाने तर नेपाल नआउने कुराले यस्तो देखाउँछ । ‘नेपाल तिम्रो जोन अफ एरिया र तिम्रो प्रत्यक्ष इन्ट्रेस्टको विषय भएकाल तिमी नै हेर भन्ने भयो कि’ मेरो अनुमान छ ।

जुन बेला तपाईंले ओली सत्तामाथि खतराको आधार देखाउनुभएको थियो । त्यही आधारले आज प्रधानमन्त्री संसद् विघटनको कदम चाल्न बाध्य भएका हुन् त ?

–निश्चय नै । अन्तरपार्टी, आन्तरिक पार्टी, राजनीतिक सन्तुलन खलबलियो र अन्तर्राष्ट्रिय सन्तुलनले गुमाउन पुगेपछि ओलीजी यो कदम चाल्न बाध्य भएको देखिन्छ । जस्तै हिजो बीपी र महेन्द्रको सम्बन्ध बिग्रियो । त्यो पनि एउटा राजनीतिक सम्बन्ध थियो । गोर्खा परिषद् कुनै ठूलो पार्टी थिएन । उहाँको पर्सनालिटीले थिचिहाल्थ्यो । नेपाली काँग्रेसभित्र पनि उहाँको पर्सनालिटीले डोमिन गरेको थियो । तर मुख्य कुरा राजा महेन्द्रसँग सम्बन्ध बिग्रियो, उहाँले चीन र भारतलाई समदूरीमा हेर्न थाल्नुभयो । उहाँले चीनमा गएर माओ त्सेतुङ र चाउ एनलाई भेटर चीनसँग बोडरका समस्या समाधान गर्नेदेखि लिएर चीन र भारतबीच सम्बन्ध बिग्रिँदा मध्यस्तकर्ता गरेको कुरा मन नपेर नेहरु र महेन्द्रको साँठगाँठबाट उहाँ ९बीपी०लाई पदच्यूत गराइयो ।

त्यतिखेर मैले अनुमान गरेको थिए– अन्तरपार्टी, आन्तरिक पार्टी, विदेश नीति र आर्थिक सङ्कट आउँदा तपाईं ९केपी ओली० जानुहुन्छ । घमण्ड नगर्नु भनेर भनेका थिए । यता ओलीजीको चीनसँग घनिष्ठ सम्बन्ध बढ्दै गयो । यतिसम्म कि २०१९ मा चीनको परराष्ट्र अन्तर्गतको अन्तर्राष्ट्रिय विदेश विभागका डाइरेक्टर सोङ ताओ नेतृत्वमा ५० जना नेपाल आएर सी चिनफिङको थटको बारेमा तालिम दिने कुरासम्म भयो । त्यसपछि अस्ति जुनमा पनि ट्रेनिङ कार्यक्रम गरे । यहाँको हरेक मामिलामा अहिलको चिनियाँ राजदूत होउ यान्छीले नेकपाका नेता, प्रधानमन्त्री र राष्ट्रपतिसम्मलाई लगातार भेटवार्ता गर्नुभयो । यता बोर्डरका इस्यु आए । भारतसँग सम्बन्ध खलबलिने र चीनसँगको घनिष्टता बढ्दै गएको देखिन्थ्यो ।

चीन कार्ड प्रयोग गरेर हामीलाई कमजोर बनाउने रणनीति भयो भन्ने सोच भारतको भयो । तर भारतले पहिला ओलीलाई आफ्नै मित्र भन्ठानेका थिए । भारतसँग ओलीजीको राम्रै सम्बन्ध थियो । भारतका विश्वास पात्र थिए । तर पछि चीनसँग बढी घनिष्ट हुँदा उनीहरुलाई लाग्यो यो सम्बन्ध यसरी भइराख्यो भने हाम्रो इन्ट्रेस्ट धक्का पुग्न सक्छ । चाहे सगरमाथाको उचाइ नाप्ने का, फाइबजी नेटवर्क जडान गर्नेदेखि लिएर केके सामरिक कुरा भइरहेको छ । अर्कोतिर भारत र चीनबीच गलवान भ्यालीमा लडाइँ भइराखेको थियो । यो अवस्थामा चीनले बङ्गलादेश, श्रीलङ्का, माल्दिभ्समा पनि चीनको वान बेल्ट वान रोडमार्फत हस्तक्षेप बढ्दा हामीलाई कर्नरमा पारियो भन्ने भारतको क्याकुलेसन थियो ।

त्यसो भए प्रधानमन्त्री ओलीले यो कदम चाल्नुमा भारतको इन्ट्रेस्ट र प्रभाव देखिन्छ भन्ने हो ?

–मसँग राम्रो सम्बन्ध भएका नेपालका लागि भारतका पूर्वराजदूत रञ्जित रायले दी इकोनोमिक टाइम्समा एउटा लेख लेखेका छन् । उनले ‘चीनले ओलीको निरन्तरताभन्दा नेकपाको एकतामा जोडबल गरेको थियो । उसले नेकपा कब्जा गर्दै सरकारलाई प्रभाव पारेर हामीलाई कमजोर पार्ने भन्ने नीति बनाएको थियो । त्यसैले ओलीजीले फेरि भारतसँग सम्बन्ध बढाएको कुराले ओलीजीले चालेको कदम प्रस्ट हुन्छ । परराष्ट्रको सन्तुलन बिग्रिएर नै यो सब भएको हो ।

यो सिनारियोपछि भारत र अमेरिकाको प्रत्यक्ष सक्रियता हुन्छ । चीनको त्यो खालको नीति छैन । यद्यपि राष्ट्रपति, प्रधानमन्त्री र प्रचण्डजीलाई राजदूत होउ यान्छीले भेट गर्नुभयो । मलाई लाग्छ चीनको प्रभाव रोकिने र खासगरी भारतको प्रभाव बढ्न सक्छ ।

तपाईंको भनाइअनुसार ओलीले संसद् विघटनको कदम चाल्नुका पछाडि अमेरिका र भारतको ब्याक सपोर्ट थियो भन्ने हो ?

यो सरकार यसरी गइरह्यो, चीनको हस्तक्षेप बढ्दै गएको विषयले उनीहरु गम्भीर थिए । उनीहरुलाई त्यो कुरा रुचिकर पनि थिएन । केही महिनाअघि अमेरिका र भारतबीच भएको टु प्लस टुको मिटिङमा पनि एमसीसी र इन्डोप्यासिफिकको कुरा आएको छ । अमेरिकाले नेपाललाई हेर्ने दृष्टिकोणमा ‘ल इन्डिया तिम्रो आफ्नो बढी इन्ट्रेस्टको एरिया भएकाले यसको व्यवस्थापन तिमी गर’ भनेर समझदारी गरेको हुनसक्छ । किनभन्दा अमेरिकाको परराष्ट्रमन्त्री श्रीलङ्का जाने, इन्डोनेसिया जाने, माल्दिभ्स जाने तर नेपाल नआउने कुराले यस्तो देखाउँछ ।

‘नेपाल तिम्रो जोन अफ एरिया र तिम्रो प्रत्यक्ष इन्ट्रेस्टको विषय भएकाल तिमी नै हेर भन्ने भयो कि’ मेरो अनुमान छ । त्यसैले ओलीजीले विदेश नीति पनि असन्तुलित बनाउनु भयो । उहाँले आफ्नो पार्टीभित्र सन्तुलन कायम राख्न सक्नुभएन । चाहे ओलीजीको अक्षमता होस् या महत्त्वकाङ्क्षा होस् ।

मैले शेरबहादुरजीलाई भन्ने गरेको थिएँ– तपाईं लक्की हो । हाम्रो पार्टीमा तपाईं मात्र एक्लो पूर्व प्रधानमन्त्री हुनुहुन्छ । तपाईं मात्रै अहिले सभापति हुनुहुन्छ । हामीकहाँ पूर्वसभापतिको लाइन छैन । त्यहाँ ९नेकपा० त तीन जना पूर्वप्रधानमन्त्री मात्रै छन् । ती कहिले पनि मिलेर बस्न सक्दैनन् । विवाद बढ्छ । दुई पार्टी मिले पनि प्रचण्डको आफ्नै खालको एजेन्डा छ । ओलीको आफ्नै योजना छ । ओली र माधव नेपालको बीचमा पनि कतिपय इस्युमा फरक मत छ । त्यसैले यो धेरै अगाडि नबढ्ला । विस्तार प्रचण्ड र माधव नेपाल सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटीमा बहुमत बढाउँदै गएपछि ओलीजीमाथि प्रत्यक्ष दबाब पर्यो । अनि ओलीले भन्ठाने कि ‘म यसरी कर्नरमा पार्नुको साटो बरु म संसद् विघटन गर्छु’ भन्ने गरे । शेरबहादुरसँग ओलीजीको सम्बन्ध राम्रै छ । तर आन्तरिक सन्तुलन काम राख्न सक्नुभएन । उहाँले विदेश नीतिमा पनि सन्तुलन कायम गर्नु सक्नुभएन । यो दुईवटै फ्याक्टरले गर्दा यो अवस्था आएको जस्तो लाग्छ । आफ्नो यात्रामा आघात पुग्ने बेला कुर्सी नै भाँचिदिन्छु भनेका थिए । अहिले फेरि प्रदेश पनि भङ्ग गर्ने चेतावनी दिइरहेका छन् ।

प्रधानमन्त्री ओलीको कदमपछि कूटनीतिक क्षेत्रमा नेपालाई कस्तो असर पर्छ ?

योबीच मकहाँ केही विदेशी मित्र पनि आएका थिए । सबैको चिन्ता र चासो छ । यो सिनारियोपछि भारत र अमेरिकाको प्रत्यक्ष सक्रियता हुन्छ । चीनको त्यो खालको नीति छैन । यद्यपि राष्ट्रपति, प्रधानमन्त्री र प्रचण्डजीलाई राजदूत होउ यान्छीले भेट गर्नुभयो । मलाई लाग्छ चीनको प्रभाव रोकिने र खासगरी भारतको प्रभाव बढ्न सक्छ । भारतको प्रभाव कुन हदसम्म बढ्छ हामी देख्दै जाउँला रु यो विषयमा बिहीबार बिहान फोनमार्फत रामचन्द्रजीलाई पनि भनेँ । बिहीबार नै सभापति शेरबहादुर देउवाजीलाई भेटेरै भनेको छु ।

बाहिर देशको इन्ट्रेस्ट बढ्न सक्छ । उनीहरुको टकराव भयो भने भोलि लोकतन्त्र पनि जान्छ, संविधान पनि जान्छ । त्यो खतरा छ । हामीले यसलाई कसरी व्यवस्थापन गर्ने रु त्यो क्षमता हामीले देखाउनुपर्छ । संवाद थाल्नुहोस् । रामचन्द्रजीसँग संवाद गर्नुहोस् । आफ्नो पार्टीको सन्तुलन मिलाउनुहोस् भनेर मैले उहाँलाई आज ९ बिहीबार० भर्खर भनेर आएको छु ।

ओलीजीलाई बालुवाटारबाट निकाल्न खोज्यो भने समस्या हुन्छ । अहिले भीडले गएर बालुवाटार प्रदर्शन गर्दा अन्धाधुन्ध गोली चल्छ । अनि त्यो हाम्रो हातमा हुन्छ कि हुँदैन रु बीपीले सधैँभरि आह्वान गर्नहुन्थ्यो– आन्दोलनको नेतृत्व अरू उग्रवादीको हातमा पुग्नसक्छ । त्यो बेला आन्दोलनकर्ताहरुले खबदारी गरेर अगाडि बढ्नुपर्छ । त्यसैले भीडले कसरी संसद् पुनस्र्थापना गर्छ रु दबाब दिने कसलाई, सर्वोच्चलाई ?

त्यसो भए अबको निकास के त ?

अहिले सर्वोच्च अदालतमा रिटहरु पारेको अवस्था छ । सर्वोच्चले अन्तरिम आदेश दिएन । कति दिन लाग्ला, त्यो आफ्नो ठाउँमा छ । सम्मानित अदालतले जुन निर्णय गरे पनि हामी सम्मान गर्छौं । त्यसपछिको विकल्पबारे आन्दोलनको कुरा हाम्रा साथीहरु ९रामचन्द्र पौडेल०ले गर्नुभएको छ । बिहीबार पनि मैले रामचन्द्रजीलाई भनेँ– आन्दोलनको गन्तव्य के हो रु आन्दोलनले के गर्छ ? आन्दोलनले नयाँ बानेश्वरको हाम्रो संसद् भवनको ढोका तोडेर अग्नि सापकोटा ९सभामुख० लाई कुर्सी राखेर ल बैठक चलाउनुहोस् भन्ने हो कि रु त्यो वैधानिक हुन्छ कि हुँदैन रु वा हामीले प्रधानमन्त्रीजीलाई निकालेर अर्को प्रधानमन्त्री राख्ने हो कि रु त्यो कति वैधानिक हुन्छ रु राष्ट्रपति विद्यादेवी भण्डारी कार्यकारी हुनुहुन्न । उहाँसँग राजकीय सत्ता पनि छैन । जसरी राजा ज्ञानेन्द्रसँग थियो ।

पछि ज्ञानेन्द्रले ०६२र०६३ को आन्दोलनपछि राजकीय सत्ता हुँदा पछि संसद् पुनस्र्थापना गर्नुभयो । त्यसैले आन्दोलनले गर्ने के हो रु आन्दोेलनको गन्तव्य के हो रु अस्ति मैले पार्टी केन्द्रीय कार्यसमितिमा पनि भनेँ । त्यो आन्दोलनले हामीलाई पछाडि छोडेर अर्को भीडले डोर्याएर लग्यो भने त्यो भीडले कहाँ पुर्याउँछ रु त्यो भीडले ज्ञानेन्द्रलाई पनि ल्याउन सक्छ । त्यो भीडबाट कुनै अरू मान्छे पनि आउनसक्छ । अनि यस्तो बेलामा हामीभन्दा बाह्य शक्तिले खेलिदिन्छन् । बाह्य शक्तिले खेलिदियो भने हामीले नचाहेको कुरामा उनीहरुको स्वार्थको भारी बोक्नुपर्छ ।

०४७ साल र ०६३-०६३ मा पनि त्यो भएको थियो । त्यसकारण लहडमा अन्दोलन गरेर भाषण गरेपछि ताली आउँछ भन्दै भन्ने हो रु त्यो कतिसम्म थेग्छौँ रु भोलि ओलीजीले सङ्कटकाल लगाइ दिनुहोला । अनि हामीले सेना र प्रहरीसँग भीड्नुपर्ला । त्यसको व्यवस्थापन अर्को कुनै शक्ति राष्ट्रले गरिदेला । मेरा इन्ट्रेस्टमा प्रत्यक्ष खलल पर्न गयो । उहाँनिर हाम्रो सामरिक सुरक्षामा पनि असर पर्ने भयो भनेर त्यो गरिदियो भने तपाईं हामी कहाँ हुन्छौँ रु हाम्रो आन्दोलन कहाँ हुन्छ रु अनि कुनै एउटा मान्छे ल्याएर राष्ट्रपति कमचलाउ सरकारको नेतृत्व गराइदिन्छ । यो कुरा बुझौँ । त्यसकारण आन्दोलन गर्ने हो । विरोध गर्ने हो । एक दुई दिन गराँै । म पनि आन्दोलन गर्नुपर्ने पक्षमा छु । तर यो निरन्तर र लगातार होइन । ओलीजीको सर्वसत्तावाद, अधिनावयवाद, अलोकतान्त्रिक, जनमतको अपमान र एक दलीय सम्यवादी चिन्तनबाट ग्रस्त भएको कदम हो भनेर हामीले नङ्ग्याऔँ । तर हामीले लगातार आन्दोलन गरेर जितिँदैन ।

यतिबेला ओली सरकारको विकल्प खोजे समस्या हुन्छ भन्ने तपाईंको मत हो ?

–ओलीजीलाई बालुवाटारबाट निकाल्न खोज्यो भने समस्या हुन्छ । अहिले भीडले गएर बालुवाटार प्रदर्शन गर्दा अन्धाधुन्ध गोली चल्छ । अनि त्यो हाम्रो हातमा हुन्छ कि हुँदैन रु बीपीले सधैँभरि आह्वान गर्नहुन्थ्यो– आन्दोलनको नेतृत्व अरू उग्रवादीको हातमा पुग्नसक्छ । त्यो बेला आन्दोलनकर्ताहरुले खबदारी गरेर अगाडि बढ्नुपर्छ । त्यसैले भीडले कसरी संसद् पुनस्र्थापना गर्छ रु दबाब दिने कसलाई, सर्वोच्चलाई रु हो, हजारौँको भीड देखेपछि श्रीमान न्यायाधीशहरु सोच्न बाध्य होलान् । अनि त्यो अराजक हुन्छ कि हुँदैन रु त्यसैले बिना उद्देश्य डिफाइन गरेको आन्दोलनले अर्थ राख्दैन ।

म तपाईंलाई कूटनीतितिर जोड्न चाहन्छु । विगतमा पनि बाह्य शक्तिले नेपालमा स्थिरता नचाहेको देखिन्छ । अहिले पनि त्यो देखियो । त्यसका पछाडि रहस्य के हो ?

–स्थिरता नचाहनेभन्दा पनि ठूलो राष्ट्रले आफ्नो इन्ट्रेस्टमा प्रहार हुन थाल्छ वा खतरा देख्छ । तब उसले कुनै नै कुनै भूमिका खेल्छ । अमेरिकाले त सरकार नै फालिदिएको छ ।

आफ्नो इन्ट्रेस्टलाई प्रोटेक्ट गर्ने खालको स्थिर सरकार खोज्छ । बङ्गलादेशमा प्रधानमन्त्री सेख हसिना वाजेदले स्थिर सरकार चलाउनुभएको छ । भारतसँग राम्रो सम्बन्ध छ । तर श्रीलङ्का र माल्दिप्समा सरकार चलेन । भारतले आफ्नो क्षेत्रमा प्रभाव जमाउन खोज्छ ।

भारतको स्वार्थभन्दा नेपाल दायाँबायाँ हुँदा नितन्तर खतरा छ भन्न खोज्नुभएको हो ?

–हिजोभन्दा पनि अब बढी क्लोज्ली वाच गर्छ । किनभन्दा चीनसँग उसको सम्बन्ध बिग्रिएको छ । अस्ति भर्खर लडाइँ पनि भयो । भारतका ४२ जना मान्छे गलवान भ्यालीमा मारिए ।

दुई ठूलो हात्ती प्रेम गर्दा र लड्दा दूबो मडारिन्छ भन्ने अफ्रिकामा एउटा उखान छ ।

जब दुई ठूला हात्ती प्रेम गर्छन् दूबो मडारिन्छ, जब दुई ठूला हात्ती लडाइँ गर्छन् दूबो मडारिन्छ भनेजस्तै भारत र चीन मिल्दा पनि असर पर्छ भने नमिल्दा पनि असर पर्छ । भारतको मुख्य स्वार्थ सुरक्षाको हो । नेपाली भूमि आफूविरुद्ध प्रयोग नहोस् भन्ने छ । जुन चीनले पनि चाहन्छ ।

नेकपाभित्र पनि सबै प्रोचाइनिज छैनन् । सबै प्रोइन्डियन पनि छैनन् । ओलीको ठाउँमा कुनै प्रधानमन्त्री भएको भए भारत र चीनमध्ये कसैले मिलाउँदा मिलाउँदै पनि हट्नुपर्ने अवस्था आयो भने भारत र चीनको स्वार्थभन्दा आफ्नो व्यक्तिगत स्वार्थ हेर्छ । ओलीमाथि त्यही भयो । चीनले जतिसुकै मिलाउने कोसिस गरे पनि आफ्नोे स्वार्थ हेर्नुभयो । मलाई प्रधानमन्त्रीबाट हटाउने हो भने देखाजाएगा उत्तर कि दक्षिण । म संसद नै भङ्ग गरिदिन्छु भन्नेमा ओलीजी पुग्नुभयो ।

ठ्याक्कै नेपालसँग भारतले चाहेको चाहिँ के हो ?

–भारतको सामरिक र सुरक्षा हितलाई नखलबल्याइ दिओस् भन्ने नै हो ।

ओली सरकारले त्यो गर्न नसकेको हो ?

उनीहरुमा बुझाइ नै गर्न सकेन भन्ने छ । मैले भने चीनले ओली सरकारलाई बचाउनभन्दा पनि नेकपालाई मिलाएर आफ्नो प्रभाव कायम गरिराख्ने योजना भएको कुरा त पूर्वराजदूत रञ्जित रायबाट नै आयो ।

नेकपाको एकता कायम राखेर नेपालमाथि प्रभाव जमाउने कुरामा चीन असफल भएको भारतको बुझाइ रहेको तपाईंको मत हो ?

असफल भयो । नेकपाभित्र पनि सबै प्रोचाइनिज छैनन् । सबै प्रोइन्डियन पनि छैनन् । ओलीको ठाउँमा कुनै प्रधानमन्त्री भएको भए भारत र चीनमध्ये कसैले मिलाउँदा मिलाउँदै पनि हट्नुपर्ने अवस्था आयो भने भारत र चीनको स्वार्थभन्दा आफ्नो व्यक्तिगत स्वार्थ हेर्छ । ओलीमाथि त्यही भयो ।

चीनले जतिसुकै मिलाउने कोसिस गरे पनि आफ्नोे स्वार्थ हेर्नुभयो । मलाई प्रधानमन्त्रीबाट हटाउने हो भने देखाजाएगा उत्तर कि दक्षिण । म संसद नै भङ्ग गरिदिन्छु भन्नेमा ओलीजी पुग्नुभयो । आफ्नै स्वार्थमा आघात पुगेपछि उहाँले चीन पनि हेर्नुभएन भारत पनि हेर्नुभएन ।

आफ्नो स्वार्थका लागि यत्रो कदम चाल्दै गर्दा प्रधानमन्त्रीले आगामी चुनौतीको पाटोलाई किन हेरेनन् जस्तो लाग्छ ?

ओली रिस्कटेकर हुन् । कोही रिस्कएभोटर हुन्छ । उहाँले आँखा चिम्लेर ५ गतेको बिहानै उठेर मन्त्रिपरिषदको बैठक बोलाउनु भएको होइन । संसद् विघटनको हल्ला त्यसअघि पनि बाहिर आएको थियो ।

कहीँ न कहीँ एक किसिमको एक्सरसाइज भएको थियो । उहाँले आफूलाई सपोर्ट गर्ने संस्था दलसँग कुरा भएको हुनुपर्छ । त्यसमा पनि जनता समाजवादी पार्टी ९जसपा०का केही नेतासँग छलफल भएको हुनुपर्छ भन्ने मेरो अनुमान हो । जसपाले आन्दोलन गर्छु भनेको छ, हेर्दै जाऊँ । जसपाका केही नेतासँग सल्लाह भएको जस्तो लाग्छ ।

अन्तिममा केही कुरा भन्नु छ ?

–मुलुक तरल अवस्थामा पुगेको छ । शक्ति राष्ट्रहरुले कूटनीतिक र राजनीतिमा आएको तरलताको पैदा लिन सक्छन् । यस्तै यहाँकै पनि अलोकतान्त्रिक शक्तिहरु वा राजा फर्काउनुपर्छ भन्ने मान्छेले पनि फाइदा लिन सक्छन् । हामी अत्यन्त जिम्मेवार भएर यो तरल अवस्थाको फाइदा अरूले नलिओस् भनेर बढो सजक हुनुपर्छ । अहिलेको यस अवस्थालाई अवतरण गराई घाइते भएको संविधानलाई उपचार गराउनु छ । हाम्रै साथीहरुको दिमाग भुटिदिएर सडकमा उत्तेजक नारा लिएर अर्को भीड आएर खेलिदिन सक्ने खतरा छ । सबैभन्दा बढी जोखिमा ओलीजी हुनुहुन्छ । हामी पनि छौँ, देश छ । जोखिममा माधव नेपाल र प्रचण्डजी पनि हुनुहुन्छ । उहाँलाई म आग्रह गर्न चाहन्छु । राजनीतिक चुनौतीको सामना गर्नुहोस् । भोलि आउने विभिन्न खतराको पाटोलाई विश्लेषण गरेर कदम चाल्नुपर्ने हुन्छ । नचाहेर पनि तरल अवस्था आइसक्यो ।

यसमा थप उग्रवाद भएर जानुहुन्छ कि यसको व्यवस्थापन गर्नुहुन्छरु सर्वोच्चले विघटनलाई संवैधानिक सदर गर्यो भने निर्वाचनमा जानुपर्छ । यदि बदर गर्यो भने संसद् पुनस्र्थापना हुन्छ । हामी फेरि अगाडि बढ्छौँ ।

प्रकाशित समय २१:०५ बजे

प्रतिक्रिया दिनुहोस्