Gopal Dahal

गृहपृष्ठ चीनले पाकिस्तानलाई अहिलेसम्मको सबैभन्दा ठुलो र उन्नत युद्धपोत प्रदान

चीनले पाकिस्तानलाई अहिलेसम्मको सबैभन्दा ठुलो र उन्नत युद्धपोत प्रदान

चीनले पाकिस्तानलाई अहिलेसम्मको सबैभन्दा ठुलो र उन्नत युद्धपोत प्रदान गरेको छ । यसलाई चीन र पाकिस्तानको गहिरिँदो सैन्य सहयोगको उदाहरणको रूपमा हेरिएको छ । सो युद्धपोतको निर्माण चीनको स्टेट सिप बिल्डिङ कर्पोरेशनले लिमिटेड (सीएसएससी) ले गरेको हो । कम्पनीले आफ्नो विज्ञप्तिमा यस युद्धपोतलाई चीनको शंघाई सहरमा आयोजित एक समारोहबीच पाकिस्तानको नौसेनालाई हस्तान्तरण गरिएको जनाएको छ । पाकिस्तानी नौसेनाले सो टाइप ०५४ए÷पी युद्धपोतको नाम पीएनएस तुगरिल राखिएको बताएको छ । चीनले यस्तै अन्य चारवटा युद्धपोत पाकिस्तानी नौसेनाको लागि तयार गरिरहेको छ । यो जहाजलाई प्राविधिकरुपमा उन्नत र अत्यधिक सक्षम प्लेटफर्म मानिएको छ । यस युद्धपोतमा निगरानीको व्यापक क्षमताका साथै जमिनदेखि जमिन, जमिनदेखि आकाश र पानीभित्र मिसाइल हान्न सक्ने क्षमता रहेको बताइएको छ ।नेटोले भने चीनको यो टाइप ०५४ए÷पी युद्धपोतलाई जियांकाई–२ कोड नामबाट पहिचान गर्दछ । यसलाई चीनको हुडोङ–जोंघुआ शिपयार्डमा निर्माण गरिन्छ । यो अत्याधुनिक हतियार र सेन्सरको मिलन हो । यसलाई पहिलोपटक सन् २००८ मा चीनको नौसेनामा सामेल गरिएको थियो ।

प्रकाशित समय १८:२७ बजे

प्रतिक्रिया दिनुहोस्

Gopal Dahal