Gopal Dahal

गृहपृष्ठ चोरीको आरोप लागेपछि युटुबबाट हटाइयो सर्ट फिल्म ‘मन बार’

चोरीको आरोप लागेपछि युटुबबाट हटाइयो सर्ट फिल्म ‘मन बार’

हिन्दी सर्ट फिल्म नामर्दुको हुबहु कपी गरेको आरोप लागेपछि सुरक्षा पन्त र कोशिस क्षेत्रीद्वारा अभिनित सर्ट फिल्म ‘मन बार’ युटुबबाट हटाइएको छ । युट्युबमा अपलोड भएको तीन हप्तापछि आज हटाइएको हो ।

हिन्दी सर्ट फिल्म ‘नामर्द’सँग हुबहु मिलेपछि चलचित्रको आलोचना भएको थियो । सामाजिक संजाल र मिडियामा चर्को आलोचना भएपछि ओएसआर डिजिटलबाट अपलोड गरिएको यो चलचित्रलाई हटाइएको हो । यो चलचित्रलाई जीवन शाहीले निर्देशन गरेका हुन् । रुपेन्द्र खड्गीले यो चलचित्रको कथा, पटकथा तथा संवाद लेखेका हुन् ।

प्रकाशित समय १२:५५ बजे

प्रतिक्रिया दिनुहोस्

Gopal Dahal