यस्ताे छ वर्ल्डलिंकको ‘ठगीधन्दा’ : ‘5 जी’ राउटर बेच्न इन्टरनेट स्पीडमा धोका

इन्टरनेट स्पीडमा लगातार धोका दिइरहेको वर्ल्डलिंकले यसैलाई फाइभ जी राउटर बेच्ने धन्दा बनाएको पनि गुनासो बढ्दै गएको हो ।

चीनबाट भित्रिएका नोकिया कम्पनीको राउटर बेच्न अहिले वर्ल्डलिंक आफैले धमाधम ‘इन्टरनेट स्पीड स्लो’ गर्दै ‘फाइभ जी’ राउटर बेच्दै गरेको आरोप छ ।

फाईभ जीको इन्टरनेट स्पीड भन्ने तर घुमाउरो तरिकाले राउटर बेचेर पैसा कमाउने वर्ल्डलिंकको धन्दामाथि चौतर्फी प्रश्न उठ्न थालेको छ ।

अचेल वर्ल्डलिंक प्रयोगकर्ता धेरैको इन्टरनेट स्लो छ । गुनासो गर्ने ठाउँ उही वर्ल्डलिंक कार्यालय । मुश्किलले फोन उठेपछि जवाफ आउँछ, ‘फाईजी जी राउटर जोड्नुस्, स्पीड फास्ट हुन्छ ।’ यसरी वर्ल्डलिंकले अहिले इन्टरनेट स्लो हुनुको कारण राउटरलाई दिइरहेको छ । जबकी यो दावीसँग अलिकति पनि वर्ल्डलिंकको जवाफ मेल खादैन् ।

सामान्यतया २० एमबीपीएसदेखि १०० एमबीपीएस इन्टरनेट स्पीड लिएका सेवाग्राही आधा स्पीड पनि पाइरहेका छैनन् । यही गुनासो गर्दा वर्ल्डलिंकले पुरानै जवाफ पठाउने गरेको छ, ‘फाईभ जीको राउटर जोड्नुस् । अहिलेको समस्या हट्छ ।’

राम्रैसँग चलिरहेको राउटर परिवर्तन गरेर ३ हजार ३ सय मूल्यको फाइभ जी भन्दै वर्ल्डलिंकले नयाँ राउटर भिडाउँदा सेवाग्राही भने दोहोरोमारमा परेका छन् । जुन वर्ल्डलिंकको निरन्तरको नाफा हो । तर सेवाग्राहीका लागि घाटै घाटा । अझ १० हजारको सो राउटर मात्र ३ हजारमा भन्ने प्रचार गरिएको छ ।

वर्ल्डलिंकले ठगी गर्ने एक ठाउँमा मात्रै छैन् । ‘छिटो भनेकै वर्ल्डलिंक’ स्लोगान दिएर धेरैको ध्यान तानेर जोडेका ग्राहक भने अहिले बिच्किरहेका छन् । खासगरी वर्ल्डलिंकको इन्टरनेट जडान गरेदेखि ठगी शुरु हुन्छ । श्रृङ्खलाबद्ध ठगी गर्ने वर्ल्डलिंक राउटर, इन्टेरनेट स्पीडदेखि मर्मत कार्यमा समेत त्यत्तिकै धोका दिइरहेको छ ।

इन्टरनेट जोडिसकेपछि सम्झौता बमोजिम स्पीड नदिने वर्ल्डलिंकको मुख्य समस्या हो । तोकिएको वा सम्झौता भएको इन्टरनेट स्पीड नदिएर त्यसबाट अन्तै ‘डाईभर्ट’ गरेर दोब्बर नाफा असुल्ने वर्ल्डलिंकको खास धन्दा हो । त्यसपछि इन्टरनेट स्लो भयो भनेर गुनासो गर्दा पनि वर्ल्डलिंकले सुनुवाई गर्दैन् । सामान्यतया बील तिर्न ढिला हुनेवित्तिकै सेवा नै नदिने वर्ल्डलिंक गुनासो गर्दा भने सुन्दैन् ।

अरु बेला सोधी खोजी गरेर इन्टरनेटको शुल्क तिर्न लगाउने वर्ल्डलिंक समस्या परेको बेला भने फोन समेत उठाउदैन् ।

सेवाग्राहीले गुनासो गर्दा शुरुमा फोन नउठाउने वर्ल्डलिंकपछि भने फोन समेत नलाग्ने अवस्था गरेर बसिदिन्छ ।

प्रकाशित समय २१:१६ बजे

प्रतिक्रिया दिनुहोस्