अब वडासम्म इन्टरनेटको पहुँच पुग्ने

Lemi-internet-ck

सूचना प्रविधिको विकासका लागि आवश्यक पूर्वाधार निर्माणमा लागि परेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताएका छन् ।

‘खुला सरकारः नागरिक साझेदारी’ विषयको ‘भर्चुअल कार्यक्रममा सरकारका प्रवक्ता गुरुङले शासकीय प्रणालीलाई जनताप्रति जिम्मेवार, जवाफदेही र पारदर्शी बनाउने गरी सूचना प्रविधिको विकास गर्न पनि पूर्वाधार निर्माणको कामलाई प्राथमिकतामा राखेर अघि बढाउनुपर्ने बताए ।

गुरुङले नागरिक साझेदारीका माध्यमबाट मुलुकलाई समृद्ध बनाउने गरी सूचना प्रविधिको विकास गर्न सबै स्थानीय तहमा ‘एकीकृत मोबाइल एप’ सञ्चालनको कामलाई अघि बढाइएको बताए । विकट क्षेत्रमा रहेका नागरिकलाई सूचना प्रविधिको पहुँचमा पुर्‍याउनका लागि स्थानीय तहका वडासम्म इन्टरनेटको सहज पहुँच पुर्‍याउने कामलाई प्राथमिकताका साथ अघि बढाइएको उनले जानकारी दिए ।

सार्वजनिक सेवा प्रवाहको कामलाई प्रभावकारी बनाउने गरी उच्च गतिको इन्टरनेट सेवा प्रदान गरिने बताए ।

प्रकाशित समय ०८:१७ बजे

प्रतिक्रिया दिनुहोस्