कोरोना अपडेटः सार्वजनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन नपाइने मन्त्रिपरिषद्को निर्णय

Police-checking-on-lockdown-candles khabar

आज बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन नपाउने निर्णय गरेको छ । पछिल्लो समय नयाँ स्वरुपको कोरोना भाइरस फैलिन शुरु गरेसंगै सरकारले सार्वजनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन नपाउने निर्णय गरेको हो ।

त्यसैगरी सरकारले कोरोना महामारी थप फैलन नदिन प्रमुख सहरका विद्यालयमा भौतिक उपस्थिति नगर्ने गरी कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ।

नयाँ भेरियन्ट सहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेशअनुसार वैशाखभर पार्टी प्यालेसहरु बन्द हुनेछन् भने विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा समेत २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ । भिडभाड हुने क्षेत्र वैशाखभर नियन्त्रण गर्न लागिएको छ।

आज बसेको बैठकले अन्तर्राष्ट्रिय नाकामा ६ वटा होल्डिङ सेन्टर जसमा प्रदेश १ मा २, प्रदेश २ मा १, लुम्बुनी र सुदूरपश्चिम प्रदेशमा २/२ वटा होल्डिङ सेन्टर राख्ने निर्णय गरेको छ।

यसैबीच छिमेकी देश भारतको राजधानी नयाँ दिल्लीमा एक साता लामो लकडाउन घोषणा गरिएको छ । पछिल्ला दिन कोरोना संक्रमितहरुको संख्या ह्वात्तै बढेपछि नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सोमबार राती १० बजेदेखि अर्को सोमबार बिहानसम्म लकडाउनको घोषणा गरेका हुन् ।

प्रकाशित समय १४:२८ बजे

प्रतिक्रिया दिनुहोस्