Gopal Dahal

गृहपृष्ठ गायक थानेश्वर गौतम ‘फुर्के धागो २’ सार्वजनिक

गायक थानेश्वर गौतम ‘फुर्के धागो २’ सार्वजनिक

गायक थानेश्वर गौतमले ‘फुर्के धागो २’ गीत सार्वजनिक गरेका छन् ।

गजल गायकको रुपमा आफ्नो नामले चिनारी दिने थानेश्वरले ‘फुर्के धागो’ गीतको ‘फुर्के धागो २’ सार्वजनिक गरेका हुन् ।

प्रभा बर्तौलाको शब्द गीतका संगीत गौतमले नै गरेका हुन्भने, थानेश्वर गौतम र शोभा गौतमको स्वरमा रहेको गीत मंगलवार सार्वजनिक गरेका हुन् ।

भुवन लामाको निर्देशनमा रहेको उक्त गीतमा उत्सव दाहालको छायांकन गरेका हुन् । भिडियोमा मुख्य अभिनय अहिलेकी चर्चित मोडल अञ्जली अधिकारी र नयन डिसीको रहेको छ। यस्तै गीत एरेन्जमा उदयराज पौडेलको,भिडियो सम्पादक वीर बहादुर थारु रहेको उक्त गीतमा मिडिया संयोजन उमेश थपलियाको रहेको छ । उक्त गीत ‘जननी नेपाल’ नामक युटुब च्यानलमार्फत गीत सार्वजनिक भएको हो ।

प्रकाशित समय २१:३७ बजे

प्रतिक्रिया दिनुहोस्

Gopal Dahal