शिशिर भण्डारीले ल्याए फोटो फिरिम २

 

पछिल्लो समय बढ्दै गएको समाजको कुरुपतालाई आफ्नो जीवन्त रुपमा उतारेर बनेको गीतमा प्रताप दास र रचना रिमालको दमदार स्वर रहेको गीतमा शब्द÷संगीत शिशिर भण्डारीकै रहेको छ । गीतको मुख्य भूमिकामा स्वयम् शिशिर र रिस्ता बस्नेतको अभिनय रहेको छ ।

फोटो फिरिम १ मा पनि उनले अरु कालाकारको साथमा अभिनय गरेका थिए । उनी भन्छन्, ‘भाग १ जस्तै यो भाग २ निर्माणमा पनि मैले अथक प्रयास गरेको छु ।’ यस गीतलाई समिट हस्पिटल र आयुष हस्पिटलमा छायाङ्कन गरिएको हो । गीतको छायांकन ज्ञानेन्द्र शर्मा हुमागाई र सम्पादन दिन्सन शाहले गरेका हुन् । गीतलार्ई भण्डारीले उनको आफ्नै युटुब्युब च्यानेल ‘नयाँ नयाँ न्यूज नेपाल’बाट सावर्जनिक गरेका हुन् ।

पछिल्लो समय भण्डारी सामाजिक क्षेत्रमा सक्रिय रुपमा लागे तापनि गीत संगीतको क्षेत्रलाई उत्तिकै प्राथमिकतामा राख्दै आएका छन् । अघिल्ला गीतलाई जस्तै यस गीतलाई पनि दर्शकले माया गर्नु हुनेछ भन्ने उनले अपेक्षा छ । उनले यस अघि पनि धेरै चर्चित गीतहरु बजारमा ल्याइसकेका छन् । उनलाई अझै उर्जाशील भई गीत संगीत बजारमा ल्याउने सफलता मिलोस् – क्यान्डल्स खबरको तर्फबाट हार्दिक बधाई तथा शुभकामना ।

प्रकाशित समय १५:३० बजे

प्रतिक्रिया दिनुहोस्