आत्मकथा लेख्दै करिश्मा मानन्धर

अभिनेत्री करिश्मा मानन्धरले आफ्नो आत्मकथा लेख्न थालेकी छिन् ।

उनी १४ वर्षको उमेरमा नै चलचित्र ‘सन्तान’ बाट नै अभिनय गर्न थालेकी हुन् । अभिनय गर्न थालेको उनले तीन दशक वितिसकेको छ । उनले केही भारतीय चलचित्रमा समेत काम गरिसकेकी छिन् ।

‘कस्तुरी, ट्रक ड्राइभर, भाउजु, एक नम्बरको पाखे, जिन्दगी, बसन्ती, ढुकढुकी’ जस्ता चर्चित चलचित्रमा उनले अभिनय गरिसकेकी छिन् । हाल करिश्माले चलचित्र निर्माणमा समेत हात हालेकी छिन् ।

‘ढुकढुकी’ बाट राम्रो मुनाफा कमाएकी उनको ‘बाबुसाहेब’ भने खासै चलेन । उनी २०६१ सालमा अमेरिकातर्फ लागिन । नौ वर्ष पछि नेपाल फर्किइन । अमेरिकामा रहँदा उनी ‘नेम र फ्रेम’ बाट टाढा थिइन् ।

बस्ने धर्ती आफ्नै मुलुक हो भनेर नेपाल फर्किएको उनी बताउँछिन् । उनले चारवर्षदेखि आफ्नो आत्मकथा आफैं लेखिरहेकी छिन् । आत्मकथा पढेर धेरैलाई कला मनोरञ्जनको क्षेत्रमा लाग्न प्रेरणा दिने उनको भनाइ छ ।

प्रकाशित समय २१:४६ बजे

प्रतिक्रिया दिनुहोस्