गृहपृष्ठ गीतकार पुनम मोथेको चर्चित गीत ‘पहिलो माया’को मेल भर्सन सार्वजनिक

गीतकार पुनम मोथेको चर्चित गीत ‘पहिलो माया’को मेल भर्सन सार्वजनिक

लोकप्रिय गीतकार पुनम मोथेको चर्चित गीत ‘पहिलो माया’को मेल भर्सन सार्वजनिक भएको छ । चर्चित गायक निशान भट्टराईको स्वरमा मेलभर्सनमा सार्वजनिक भएको ‘पहिलो माया’मा शंकर थापा ”स्माइल”को संगीत र उदयराज पौडेलको एरेन्जमेन्ट रहेको छ। प्रेम कथामा आधारित गीतको भिडियोलाई गीतकार पुनमको आफ्नै अफिसियल युट्युब च्यानल  ‘ Poonam Mothey Official’ बाट सार्वजनिक भएको हो।

लोकप्रिय नायिका वर्षा राउत र कमल सिंहको अभिनय रहेको भिडियोमा निकेश खड्काको निर्देशनमा बनेको हो भिडियोमा विकास धमलाको सम्पादन र बुद्ध थापाको क्यामेरा रहेको छ ।
करिब २ महिना पहिला मात्रै रचना रिमालको अवाजमा समाबेश गीत ‘पहिलो माया’लाइ अत्यधिक मन पराइएपछि यसको मेल भर्सन पनि बनाइएको हो गीतकार पुनम मोथेले ‘पहिलो माया’को सम्पूर्ण टिम , स्रोता दर्शक र मिडियाहाउसलाई धेरै धेरै कृतज्ञता ब्यक्त गर्नु भएको छ ।बिदेशमा रहेर पनि नेपाली सांगीतिक छेत्रमा निरन्तर लागिरहनु भएकी लोकप्रिय गीतकार मोथेको यसअघि ‘पहिलो माया’ बाहेक ‘झुठो रैछ तिम्रो माया’ र ‘सयौं जुनी’ गीतहरु सर्वाधिक रुचाइएका गीतहरु हुन ।

प्रकाशित समय २२:०३ बजे

प्रतिक्रिया दिनुहोस्