गृहपृष्ठ अञ्जु पन्त र उत्तम खडकाको स्वरमा ‘मनै मनमा’ गीत सार्वजनिक
अञ्जु पन्त र उत्तम खडकाको स्वरमा ‘मनै मनमा’ गीत सार्वजनिक

गायिका अञ्जु पन्त र उत्तम खडकाको स्वरमा “मनै मनमा’ गीत सार्वजनिक भएको छ।
गीतकार कृष्ण केसीको शब्द रहेको यो गीतमा श्रीकृष्णबम मल्लले सुमधुर संगीत भरेका छन भने निर्देशकमा समेत उनकै भुमिका देखिएको छ ।
गत शनिबार आफ्नो मन नामक युट्युब च्यानल बाट सार्वजनिक भएको भिडियोमा श्रीकृष्ण बम मल्ल र सम्पदा बानियाको अभिनय रहेको छ ।
अनिल केसीको प्रडक्सनमा बनेको गित एकस्टिक स्टुडीयोमा रेर्कड गरिएको थियो । महाराज थापाले एरेन्ज गरेको उक्त गीतलाई प्रकाश मिश्रले मास्टरिङ गरेका हुन ।
प्रकाशित समय ०९:५१ बजे