गृहपृष्ठ परदेशीको वेदनाले भरिएको नयाँ गीत ‘भोकै छौकि’ सार्वजनिक
परदेशीको वेदनाले भरिएको नयाँ गीत ‘भोकै छौकि’ सार्वजनिक

गायक दुर्गा बिरही र गायीका पूजा क्षेत्रीको स्वरमा नयाँ गीत ‘भोकै छौकि’ सार्वजनिक भएको छ।
वास्तविक कथामा आधारित परदेशी र घर देशीको वेदनाले भरिएको गीतमा शब्द तथा संगीत पनि क्षेत्री कै रहेको छ भने संगीत संयोजन राजेश बर्देवाले गरेका छन् ।
दुर्गा बिरहीले निर्देशन गरेको भिडियोमा अर्जुन वि.क. र मेनुका कार्की तथा बाल कलाकार बिकाश वि।क।को उत्कृष्ट अभिनय देख्न सकिन्छ।
आत्मा विश्वास फिल्मस प्रा.लि. को प्रस्तुतिमा सार्वजनिक भएको गीतमा बिरेन्द्र परिवारकोे छायांकन रहेको छ भने अनिल बिष्टले सम्पादन गरेका छन्।
प्रकाशित समय ११:४७ बजे