गृहपृष्ठ नेप्से परिसूचक १५ अंकले उकालो

नेप्से परिसूचक १५ अंकले उकालो

बुधबार सेयर बजार आधा हरियो र आधा रातो देखिएको छ । बैंक , होटल, व्यापार र उत्पादन समूह घटेर रातोमा देखिएका छन् भने अन्य समूह बढेर रातोमा देखिएको छ । विकास बैंक जलविद्युत्, फाइनान्स तथा निर्जीवन बिमा कम्पनीहरूको सेयर मूल्य बढ्दा समग्रमा बजार नै उकालो लागेको छ ।

सेयर कारोबार मापक नेप्से परिसूचक १५ दशमलव ८७ अंकले उकालो लागेर २ हजार ३४२ दशमलव ७६ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०।१८ अंकले उकालो लागेको छ ।

बुधबार नेप्सेमा सूचीकृत २११ कम्पनीको सेयर खरिदबिक्री भएका छन् । दिनभर भएका ५३ हजार ३१४ कारोबारबाट एक करोड ५९ लाख ८१ हजार ९५२ कित्ता सेयर किनबेच भएका छन् । कारोबार रकम भने ६ अर्ब २१ करोड ९ लाख ६६ हजार २६ रुपैयाँ पुगेको छ ।

 

प्रकाशित समय १६:५० बजे

प्रतिक्रिया दिनुहोस्