गृहपृष्ठ लिखु खोला हाइड्रोपावरले ६२ लाख ५० हजार साधारण सेयर निष्कासन हुदै

लिखु खोला हाइड्रोपावरले ६२ लाख ५० हजार साधारण सेयर निष्कासन हुदै

ग्रीन भेन्चर प्रालिले प्रवर्द्धन गरिरहेको लिखु खोला हाइड्रोपावर कम्पनीले चुक्ता पुँजीको २० प्रतिशत बराबरको आइपीओ निष्कासन गर्ने भएको छ । तीन अर्ब १२ करोड ५० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने ६२ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरु, सामुहिक लगानी कोष र कम्पनीका कर्मचारीहरुका लागि निष्कासन गर्ने लागेको हो ।

प्रति कित्ता १०० रुपैयाँका दरले हुन आउने ६२ करोड ५० लाख रुपैयाँ बराबरको सेयर प्रत्याभूति ब्यवस्थापनको कार्य गर्न प्रत्याभूतिकर्तामा नागरिक कोष नियुक्त भएको छ। आयोजनाका तर्फबाट अनिल अग्रवाल र लगानी कोषका तर्फबाट रमण नेपालले मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। रामेछाप र ओखलढुंगा जिल्ला सीमाको लिखु खोलाबाट ५२।४ मेगावाट विद्युत उत्पादन गर्ने उक्त आयोजनाको निर्माण कार्य ८५ प्रतिशत सम्पन्न भइसकेको कम्पनीले जनाएको छ । रामेछापका बासिन्दालाई प्रत्यक्ष फाइदा हुनेछ ।

प्रकाशित समय २१:३४ बजे

प्रतिक्रिया दिनुहोस्