गृहपृष्ठ आज बुधवार, कस्ता कार्यका निम्ति शुभ रहनेछ रु हेर्नुहोस् आजको दिन २०७७ माघ ७ गते

आज बुधवार, कस्ता कार्यका निम्ति शुभ रहनेछ रु हेर्नुहोस् आजको दिन २०७७ माघ ७ गते

rashifal-Candles Khabar

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल माघ महिनाको ७ गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत जनवरी महिनाको २० तारिख, बुधवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४१ अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।
सूर्य उत्तरायणमा छन् । शिशिर ऋतुअन्तर्गत पौष शुक्लपक्षको सप्तमी तिथि दिवा १।३७ बजेसम्म रहनेछ । यो महिनाका देवता माधव र मासदेवी रुक्मिणी हुन् । सूर्य मकर राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । रेवती नक्षत्र बिहान ११।४८ बजेसम्म रहनेछन् । यसैगरी आज सिद्धि योग र कौलव करण रहेका छन् । आज सूर्योदय बिहान ६।५७ मा छ भने सूर्यास्त बेलुका ५।३३ बजे हुनेछ । चन्द्रमा आज मीन राशिमा रहेका छन् ।
आज बुधवार लक्ष्मीनारायण भगवान्को उपासना शुभ फलदायी रहनेछ । यसैगरी आज बौद्धिक कार्यका साथै हरिया वस्तुको प्रयोग पनि शुभ रहनेछ ।

आजको राशिफल २०७७ माघ ७ गते, बुधवार

मेष राशिःशारीरिक आलश्यता रहनेछ । ग्रहको प्रतिकूलताले गर्दा खर्च बढाउनुका साथै कार्य क्षेत्रमा पनि संघर्ष गर्नुपर्ने देखिन्छ ।

वृष राशिः आर्थिक उन्नति हुनेछ । व्यवसायमा वृद्धि हुनुका साथै धातुजन्य वस्तु लाभदायी रहनेछन् । प्रेम जीवन सुखद् रहने देखिन्छ ।

मिथुन राशिः पराक्रम बढ्नेछ । भौतिक वस्तुबाट लाभ रहनुका साथै अध्ययन अध्यापनमा सफलता मिल्ने देखिन्छ । प्रेम जीवन सुखद् रहनेछ ।

कर्कट राशिः वित्तीय लाभ हुनेछ । व्यवसायमा उन्नतिका साथै सृजनात्मक कार्यमा मन जानेछ । विद्याको भाव बलावन रहने देखिन्छ ।

सिंह राशिः कार्यक्षेत्रमा संघर्ष गर्नुपर्ने देखिन्छ । स्वास्थ्यमा प्रतिकूलताका साथै खर्चवृद्धिको योग पनि देखिन्छ । शत्रु पक्ष आज सबल रहनेछन् ।

कन्या राशिः सुखद् यात्राका योग देखिन्छन् । व्यवसायमा उन्नतिका साथै अध्ययन अध्यापनमा पनि सफलता मिल्ने देखिन्छ । कर्मक्षेत्र सबल रहनेछ ।

तुला राशिः पारिवारिक सुख मिल्नेछ । जलीय पदार्थ लाभदायी रहनुका साथै अध्ययन अध्यापनमा पनि सफलता मिल्ने देखिन्छ ।

वृश्चिक राशिः धार्मिक कार्यमा मन जानेछ । आय आर्जमा वृद्धि हुनुका साथै कार्य लाभका योग पनि देखिन्छन् । स्वास्थ्यको क्षेत्र मध्यम फलदायी रहनेछ ।

धनु राशिः दिन कार्यदायी रहनसक्नेछ । आर्थिक अस्थिरताका साथै खर्चमा पनि वृद्धि हुनसक्नेछ । स्वास्थ्यमा सजग रहनु नै लाभप्रद रहनेछ ।

मकर राशिः भौतिक वस्तु लाभदायी रहनेछन् । आय आर्जनमा वृद्धिका साथै मानसिक तुष्टि मिल्ने देखिन्छ । पारिवारिक सुख प्राप्तिका योग पनि देखिन्छन् ।

कुम्भ राशिः सांगीतिक क्षेत्रमा रुचि रहनेछ । आय आर्जनमा वृद्धि हुनुका साथै व्यवसायिक सफलता मिल्ने देखिन्छ । कला साहित्यमा विशेष लगाव रहेने आजकोे राशिफल रहेको छ ।

मीन राशिः बौद्धिक कार्यमा मन जानेछ । आध्यात्मिक चिन्तनमा मन प्रवृत्त हुनेछ । सुखद् यात्राका योग पनि देखिन्छन् ।

प्रकाशित समय ०५:०८ बजे

प्रतिक्रिया दिनुहोस्