Gopal Dahal

गृहपृष्ठ चम्पादेवी गाउँ पालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

चम्पादेवी गाउँ पालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

कोभिड – १९को यो परिस्थिति न्युनिकरण गर्न बिभिन्न स्वास्थ्य समाग्री संकलन गरि आफ्नो जिल्ला स्थित चम्पादेवी गाउँपालिकालाई हस्तान्तरण गरएिको छ।

कोभिड – १९ संक्रमणदर बढेसंगै देशभर संकट आइपरेको बेलामा बिभिन्न तह र तप्कामा रहेका व्यक्तित्वहरुबाट सामाग्री संकलन गरि स्वास्थ्य सामग्री चम्पादेवी गाउँ पालिकालाई हस्तान्तरण गरिएको हो ।

नेकपा एमाले ओखलढुंगा जिल्ला कमिटी सचिबालय सदस्य शेर बहादुर मगर युवा संघका केन्द्रीय सदस्य पदम बराल गौरव थापा रमेश घिमिरे युवासंघ जिल्ला कोषध्यक्ष धनबहादुर श्रेष्ठ जिल्ला कमिटी सदस्य सुनिल खत्री लगायतका व्यक्तिहरुले देश–विदेशमा रहनुभएका सहयोगी मनका धनि हरु बाट संकलित रकम हस्तान्तरण गरेको पालिका अध्यक्ष नवराज केसीले बताउनुभयो । त्यस्तै ७ नंम्बरका वडा अध्यक्ष सुरेश थापाले यस जटिल समयमा यो सहयोगले अतुलनिय काम गर्नेछ उँहाले भन्नु भयो । पालिकामा अझैपनि पिसीआर किटको अभाव हन सम्ने सम्भावना रहेको उँहाको भनाई छ यस्तो परिस्थिति आए खबर गर्ने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो ।

संकलित रकम र थप नपुग आफुहरु बाट थपगरि खरिद स्वास्थ्य सामग्री लिएर वितरण अभियानमा खटिएको संगम भुजेलले जानकारी दिनुभयो। चम्पादेवी ६ र ९ का स्थानीय कोभिड पीडितलाई वडा अध्यक्षको सिफारिसमा शेर बहादुर मगरले ब्यक्तिगत खाद्यान्न तथा पौस्टिक आहार उपलब्ध गराउनु भएको र अरु कोभिड पीडितलाई आर्थिक समस्या परेमा सदैव सहयोग गर्ने प्रतिबद्धता गर्नुभएको कुरा समेत संगम भुजेलले जानकारी गराउनु भएको छ ।

हस्तान्तरण गरेको स्वास्थ्य सामग्री उहाँहरुले चम्पादेवी गाउँपालिकाको १० वटै स्वास्थ्य युनिट र रानिबन क्षेत्रिय अस्पतालमा उपलब्ध गराउनु भएको हो ।

प्रकाशित समय १४:०४ बजे

प्रतिक्रिया दिनुहोस्

Gopal Dahal